KP Sharma Oli in sansadकाठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा राजिनामा दिएको घोषणा गरेका छन्। व्यवस्थापिका संसदमा नेपाली कांग्रेसको सहकार्यमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि त्यसको लामो फेरिहस्त जवाफ दिएको लगतै ओलीले राष्ट्रपति समक्ष राजिनामा दिइसकेको जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले राजिनामा दिएपछि व्यवस्थापिका संसदमा अविश्वासको पक्ष र विपक्षमा मतदान गर्न नै आवश्यक नपरेको संसद सचिवालयले जनाएको छ। राजिनामा राष्ट्रपतिलाई बुझाएरै चुपचाप व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव उपरको दिल खुलेर जवाफ दिने कार्य ओलीले गरे।

अविश्वास प्रस्ताव ल्याउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कटाक्ष गरेर प्रधानमन्त्री ओलीले दाहाललाई भित्तामा नै पुग्ने गरेर मज्जाले व्यंग्य गर्न पछि परेनन्। पटक पटक व्यंग्य गर्दा माओवादी केन्द्रका अध्यक्ष दाहालले मन्दमुस्कान दिन चुकेनन। आफ्नै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले हिजो शनिवारको संसदमा आफ्नै पार्टी नेतृत्वको सरकारको विरोध गरेकोमा पनि त्यसको पनि मज्जाले जवाफ दिएर नेपाललाई लाजमर्दो बनाउन ओलीले सफलता पाए।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको कटाक्ष गर्न ओली पछि परेनन्। ओलीको करिब दुई घण्टा लामो संवोधन भाषणमा सत्ता पक्ष र विपक्षका सांसदहरुले बडा अभिरुचिपूर्वक सुनेका थिए। यसै वीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजिनामा स्वीकृत गरेको र नयाँ सरकार नबनुञ्जेलका लागि ओली सरकारलाई नै कामचलाउ सरकारको रुपमा कायम गरिएको भनिएकी छन्।
प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।