काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा गएका छन् । जसमा नेपाली चलचित्रवाट पहिलो पल्ट दुई नेपाली कलाकारको समेत सहभागिता रहेको छ।

नेपाली चलचित्रको तर्फवाट प्रतिनिधित्व गर्ने कलाकारमा महानायक राजेश हमाल तथा चलचित्र निर्देशक दिनेश डीसी रहेका छन्। नेपाली चलचित्रका कलाकारलाई पनि भारतको राजकीय भ्रमणमा सहभागिता जनाउने र नेपाली चलचित्रलाई पनि समृद्ध बनाउने आफ्नो योजना अनुरुप प्रधानमन्त्री ओलीले नेपाली चलचित्रका कलाकारलाई राजकीय भ्रमणमा सहभागी गराइएको हो। नेपाली चलचित्र क्षेत्रलाई विशेष महत्व दिएर भ्रमणमा सहभागिता गराएको संभवत यो पहिलो घटना हो।

नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान ९ः०० बजे भारत प्रस्थान गरेको प्रधानमन्त्रीको प्रतिनिधिमन्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत छन्।

भ्रमण दलमा संघीय संसदका सदस्यहरु शरत्सिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतीलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो र विमलप्रसाद श्रीवास्तव सहभागी छन्।

प्रतिनिधिमन्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्रसचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीको निजी चिकित्सक डा.दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्याल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा। वैद्यनाथ महत्तो पनि भ्रमण रहेकाछन् ।
प्रकाशन मिति–२०७४ साल चैत्र २३ गते शुक्रबार ।