काठमाडौं। युनिभर्सल पिस फाउण्डेसनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कृत गरेको छ।

नेतृत्व र सुशासनको १ लाख डलरको पुरस्कार प्रधानमन्त्री ओलाीलाई प्रदान गरेको हो। आइतवार सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कारवाट पुरस्कृत गरिएको हो।

प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने सोही समारोहमा घोषणा गरे।
प्रकाशन मिति–२०७५ साल मंसीर १६ गते आइतवार ।