काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारसहित गएर चलचित्र हेरेका छन्। प्रधानमन्त्री ओलीले बुधवार नेपालका सुपरस्टार नायक भुवन केसीव्दारा निर्मित चलचित्र क्याप्टेन हेरेका हुन्। कमलपोखरीस्थित सिटी सेन्टरमा पत्नी राधिका शाक्यका साथमा गएर नेपाली चलचित्र क्याप्टेन हेरेका प्रधानमन्त्री ओलीले धेरै बर्षपछि फिल्म हेरेको प्रतिक्रिया दिएका छन्।

नेपाली चलचित्रका सुपरस्टार नायक भुवन केसीद्वारा निर्मित उक्त चलचित्र फुटबल खेलसँग आधारित कथावस्तु रहेको छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ ।

एउटा राम्रो प्रतिभा भए पनि फुटबल क्षेत्रमा स्थापित हुन कति चुनौती र सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उक्त चलचित्रमा प्रतिभाको पहिचान गर्ने सामथ्र्य बढाउन पनि आवश्यक रहेको देखाएको छ । मुलुकमा कानून र नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयमा देखिएको समस्याको पक्षलाई पनि चलचित्रले उजागर गरेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ७ गते विहीवार ।