काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म फेसबुक आइडी नभएको प्रधानमन्त्रीको कार्यालयले स्पष्ट पारेको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले एक प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको हालसम्म फेसबुक आइडी नभएको र हाल पीएम केपी ओली नामक फेसबुक संचालनमा आएको भनिएको त्यो नक्कली भएको पनि दाहालले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ।

Kp-oli-Face-id

केपी ओली वा पीएम केपी ओली नाममा फेसबुकमा सर्च गर्ने हो भने दर्जनौ फेसबुक अकाउन्टहरु देखिने गरेको छ। ती कुनै फेसबुक अकाउन्ट सक्कली नभएको बुझिएको छ। ती सवै नक्कली अकाउन्टहरु भएको र त्यसमा कुनै भर नपर्न पनि प्रेस सल्लाहकार दाहालले स्पष्ट पारेका छन्।

दाहालका अनुसार हाल प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्ट@pm_nepal मात्र सञ्चालनमा छन् ।

प्रकाशन मिति–२०७२ साल माघ १२ गते मंगलवार ।