काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन्। सिंगापुरमा स्वास्थ्य उपचार गरेर आएको १० दिनपछि बिहीबार फेरि उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर गएका हुन्।

प्रत्यारोपण गरिएका मिर्गौलामा समस्या बढेपछि प्रधानमन्त्री उपचारमा संलग्न चिकित्सकहरुको टोलीसहित सिंगापुर गएका हुन्। गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर प्रधानमन्त्री ओली नेपाल फर्किएका थिए।

१२ वर्षअघि प्रत्यारोपण गरिएका मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएकाले प्रधानमन्त्री ओली गत साउनमा सिंगापुर गएका थिए। शरीरमा क्रेटिनिनको मात्रा बढेका कारण मिर्गौलामा समस्या देखिन थालेको प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिलीप शर्माको भनाई रहेको छ। प्रधानमन्त्री ओलीको शरीरमा एन्टीबडी तत्व बढेको र त्यसलाई कम गराउन उपचारका लागि प्रधानमन्त्री सिंगापुर गएको डा.शर्माले भनेका छन्।
प्रकाशन मिति–२०७६ साल भदौ ५ गते विहीवार।