KP Oli 1काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पारवहन सन्धि, ऊर्जा विकास,व्यापार प्रवद्र्धनसहित द्विपक्षीय हितका एजेन्डा तय गरिएका छन्।

७ चैतदेखि हुन लागेको उच्चस्तरीय भ्रमणका लागि हालसम्म प्रारम्भिक रूपमा द्विपक्षीय राजनीतिक, आर्थिक, व्यापारिक, पूर्वाधारलगायतका एजेन्डा तय भएका हुन्। चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा बेइजिङ जान लागेका प्रधानमन्त्री ओलीको भ्रमणका लागि सबै एजेन्डा तय हुने क्रम जारी रहे पनि विशेष गरी द्विपक्षीय सम्बन्धसहित राजनीतिक, व्यापारिक, पूर्वाधार,आर्थिक विकासलगायतका विषयमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसादपोखरेलले जानकारी दिए।

???????????????????????????????

भ्रमणका क्रममा नेपाल र चीनबीच पारवाहन सन्धि, इन्धन आयात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता (एफटीए), इन्धन भण्डारको क्षमता वृद्धिलगायतका विषयमा सम्झौता गर्ने गरी तयारी अघि बढाइएको प्रधानमन्त्रीका परराष्ट्र विज्ञ गोपाल खनालले जानकारी दिए। चीनसँग नेपालले इन्धन भण्डारका लागि डिपो निर्माणका लागि सहयोग माग्दै यसका लागि काभ्रेको पाँचखाल, नुवाकोटको बट्टार र तनहुँमा डिपो राख्न प्रस्ताव राख्ने भएको छ। त्यसैगरी, नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनसँग सम्भाव्यता अध्ययनका लागि प्रस्ताव लैजान लागेको छ।

पोखरा विमानस्थल निर्माणमा सहयोगलगायतबारे समेत चीन सरकासँग नेपालले प्रस्ताव गर्न लागेको छ। त्यसैगरी, ४ सय मेगावाटको किमाथांका अरुण जलविद्युत् आयोजना, रसुवगढी हुँदै चीन जाने अन्तर देशीय (क्रस बोर्डर) प्रसारण लाइन र २७ किलोमिटरको चक्रपथको दुवैतर्फ वितरण प्रणालीका लागि काठमाडांै मनोरेल स्थापना लगायतबारे समेत प्रस्ताव गर्न लागेको छ। प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा बहुचर्चित पश्चिम सेती जलविद्युत् आयोजना अघि बढाउनका लागि हुनुपर्ने संयुक्त लगानी सम्झौता (जेभीए) हुने सम्भावना छ।

प्रकाशन मिति–२०७२ साल चैत्र ३ गते बुधवार ।