???????????????????????????????

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ध्वजावाहक नेपाल बायुसेवा निगमवाट आसन्न चीन भ्रमणमा नजाने भएको छ। नेपाल र चीनको संयुक्त लगानी रहेको नीजि कंपनी हिमालय एयरलाइन्सको एयरबसवाट चीन भ्रमण जाने भएको छ।

५८ सिट क्षमता भएको हिमालय एयरलाइन्सले चैत्र ३० गतेवाट मात्र व्यापारिक उडान गर्ने भएतापनि प्रधानमन्त्री ओलीको चैत्र ७ गतेवाट हुन गैरहेको भ्रमणको लागि पहिलो पल्ट उडान भर्ने भएको छ। ५६ जनाको जम्बो टोली हिमालय एयरलाइन्सवाट चैत्र ७ गते विहान ११ बजे चीनको राजधानी बेइजिङ्ग जाने भएको छ।

सोही एयरलाइन्सवाट चैत्र १४ गते चीनको छेन्दुवाट प्रधानमन्त्री सहितको जम्बो टोली काठमाडौ फर्कने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमको एयरबसवाट नगइकन नीजि कंपनीको एयरबसवाट जाने निर्णयवाट राम्रो सन्देश नजाने भनेर निगमका कर्मचारीहरुले पर्यटन मन्त्रीलाई आक्रोश पोखेका छन्।

प्रकाशन मिति–२०७२ साल चैत्र ५ गते शुक्रबार ।