KP Oli with Radhika Shakyaकाठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकी जीवन संगिनी राधिका शाक्यको जीवन अत्यन्त सरल तथा सामान्य देखिएको छ।

प्रधानमन्त्री पत्नी हुनुको अंहकार तथा हैकम शाक्यमा देखिदैन। सामान्य तथा सरल व्यवहारमा गौरबता अनुभुति गर्ने उनमा कुनै घमण्ड पाइदैन्। ३५ बर्ष लामो नेपाल राष्ट्र बैंकको जागिरे जीवनवाट निवृत शाक्यलाई प्रधानमन्त्री निवास बालुवाटार भन्दा आफ्नै मेहनत–पसिनाले बनाएको भक्तपुरको बालकोट निवासमा नै बढी आनन्द अनुभव हुने गरेको भन्छिन्।

कुनै लोभ–लाभ तथा नजरानाको अपेक्षा नगर्ने उनी आफू र प्रधानमन्त्री ओलीको सामान्य जीवन जिउन पेन्सनैले पुग्ने गरेको भन्छिन्। वि.सं.२०३६ साल बैशाख ६ गते नेपाल राष्ट्र बैंकको जागिरे जीवन शुरु गरेर वि.सं.२०६८ साल चैतमा सेवा निवृत बनेका उनी त्यसयता रिटायर्ड लाइफमा श्रीमान ओलीलाई हेरचाह गर्ने तथा उनको दैनिक दिनचर्यामा सेवा पुर्याउने कार्यमा बढी तल्लिन देखिने गरेकी छन्।

अर्थशास्त्र र इतिहासमा स्नातकोत्तर प्रधानमन्त्री पत्नी शाक्यको जन्म वि.सं.२०१६ साल साउन ९ गते ललितपुरमा भएको थियो । प्रधानमन्त्री पत्नी शाक्यका अनुसार ओली र उनको विवाह पार्टीले नै गरिदिएको हो। ओली पोलिटिक्समा फूलटाइमर बनेतापनि उनी बन्न सकिनन्। राजनीति रहर र रुचिको विषय भएतापनि बाँच्नको लागि जागिरे बनेर ओलीलाई सघाउंदै नेपालको प्रधानमन्त्रीसम्मको यात्रा तय गराउन पर्दापछाडिवाट सहयोग गर्ने शाक्य नै ओलीको सफलता रहस्य मानिन्छ।
प्रकाशन मिति–२०७३ साल बैशाख १९ गते आइतवार ।