Prachanda with Ram Chandra with Dholakकाठमाडौ। नेपालको प्रधानमन्त्री भएपछि गत शनिवार पुष्पकमल दाहालले आफू कुनै सभा–समारोह, उदघाटन जस्ता कार्यक्रमहरुमा सहभागिता नजनाउने र आफूसंग त्यस्ता कार्यक्रममा जाने पटक्कै फुर्सद नभएको बताएका थिए। आफू हरपल काममा नै व्यस्त हुने बताएका प्रधानमन्त्री दाहालको बोलीको भर ७२ घण्टा पनि टिकेन।

मंगलवार २२ औं विश्व आदिवासी दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री दाहाल पुगेर उद्घाटन गरेर ढोलक बजाउन भ्याए। आदिवासीको कार्यक्रममा प्रधानमन्त्री दाहालले १ घण्टा ५० मिनेट विताएको इमेज समाचारले उल्लेख गरेको छ। त्यसकार्यक्रममा दाहालका साथमा सत्तासाझेदार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि ढोलक बजाएका थिए।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई बोलीको ठेगान नभएको भनेर आरोप लगाएको बेलामा मंगलवारको यस घटनाले प्रमाणित भएको सर्वसाधारणहरुको टिप्पणी रहेको छ।
प्रकाशन मिति–२०७३ साल साउन २५ गते मंगलवार ।