काठमाडौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चारदिने भारत भ्रमणमा गएर नेपाल फर्केका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शिर झुक्ने गरी २५ बुँदे संयुक्त बक्तव्य जारी गरेको आरोप लगाएका छन्।

Former Prime Minister KP Sharma Oli
Former Prime Minister KP Sharma Oli

एमाले प्रदेश नम्बर ४ को भेलालाई आइतवार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘दाहालले भारत भ्रमणमा जे–जे गर्नुभयो त्यो एउटा पनि राम्रो काम गर्नुभएन । मुलुकको हितको पक्षमा छैन् ।’ उनले भारतले गत वर्ष संविधानलाई ठूलो उपलब्धी भनेको तर अहिले ठीक छैन संशोधन गर्नुपर्छ भन्नुले शंका पैदा गरेको बताए।

अरुको इशारामा नचल्दा आफ्नो सरकार ढलेको भन्दै ओलीले सविधान संशोधन गर्नुपर्छ भनेर भारतले बोल्नु ठीक नभएको बताए। भारतले प्रधानमन्त्री दाहाललाई संविधान संशोधन गर्न भन्नु नेपालको संविधान विपरित भएको उनले तर्क थियो। अहिले संविधान संशोधन भन्दा देशमा तीनै तहको चुनाव गराउनु मुख्य आवश्यक्ता रहेको ओलीको भनाई छ।
प्रकाशन मिति–२०७३ साल असोज २ गते आइतवार ।