????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
भारतसंग दाहालले सम्झौता गरेको दिन रातभर निन्द्रा नलागेको कुरा बताउंदै डा.भट्टराईले दाहालले गरेको राष्ट्रघाती सम्झौताले पिरोलिरहेको बताए।

काठमाडौ। कुनैबेला काँधमा काँध मिलाएर १० बर्षे जनयुद्धको मोर्चा सम्हालेर सत्तामा आएका बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल तथा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई वीच निक्कै नै फाटो आएको छ।

दुवैले दुवैको यतिखेर पाएसम्म खोइरो खन्ने कार्यमा तल्लिन भएको पाइएको छ। यसैक्रममा डा.भट्टराईले सत्ता र कुसीै टिकाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसंग राष्ट्रघाती सम्झौता गरेर आएको आरोप लगाएका छन्।

नयां शक्ति पाटी नेपालको भक्तपुरमा आयोजित जिल्ला परिषदको शुभकामना आदान प्रदान कार्यक्रममा डा.भट्टराईले उक्त आरोप लगाएका हुन्। डा.भट्टराईले दाहालले भारतसंग गरेको २५ बुँदे सम्झौता राष्ट्रहित विपरित भएको पनि जिकिर गरेका छन्।

भारतसंग दाहालले सम्झौता गरेको दिन रातभर निन्द्रा नलागेको कुरा बताउंदै डा.भट्टराईले दाहालले गरेको राष्ट्रघाती सम्झौताले पिरोलिरहेको बताए।
प्रकाशन मिति–२०७३ साल असोज १५ गते शनिवार