स्थानीय निर्वाचन अपडेट

 

काठमाडौं। काठमाडौं महानगरपालिकाको ठूला वडाहरुमध्येको वडामा वडा नंबर ४ हो। नेपालका प्रधानमन्त्री निवास बालुवाटारको वडाको रुपमा समेत चर्चित काठमाडौं महानगरपालिका वडा नंबर ४ को वडा सरकार प्रमुखको बागडोर आगामी ३० बैशाखको स्थानीय निर्वाचनमा कसको पोल्टामा जाने हो भन्ने व्यापक खुल्दुली सवैमा उत्पन्न हुनु स्वभाविक हो।

नेपाली कांग्रेस र नेकपा एमालेको नै व्यापक प्रतिस्पर्धा हुने गरेको यस वडाको नेपाली कांग्रेसवाट वडा अध्यक्षको उम्मेदवारको टिकट पाएका रामप्रसाद न्यौपानेको चर्चा परिचर्चा मतदाताहरुमा देखिएको छ। टुँडालदेवी सामुदायिक सेवा केन्द्रका अध्यक्ष समेत रहेका न्यौपाने वडा नंबर ४ मा सामाजिक क्षेत्रमा सक्रिय नेपाली कांग्रेसका सक्रिय नेताको रुपमा पनि चिनिने गरेको छ।

वडावासीको सुख–दःखमा चिरपरिचित न्यौपाने बीर गणेशमान सिंहको निष्ठाको राजनीति, बीपी कोइरालाको आत्मपरक चिन्तन, कृष्णप्रसाद भट्टराईको सन्त प्रवृतिवाट नेपाली कांग्रेसमा आकर्षित बनेर नेपाली कांग्रेसवाट नेपाली राजनीतिमा लाग्दैआएका संघर्षशील युवा नेताको रुपमा चिनिन्छ। उनै वडा अध्यक्षका उम्मेदवार न्यौपानेको यतिखेर वडा नंबर ४ स्थित बालुवाटार, टुंडालदेवी, विशालनगर, चण्डोल, धुम्बाराही, सुकेधारा लगायतका निर्वाचन क्षेत्रका घरदैलो कार्यक्रममा व्यापक व्यस्तता रहेको छ।

युवा देखि बृद्धाहरुसम्मको आशिर्वाद आफूले पाएको वताउने न्यौपाने उहाँहरुकै अपार माया तथा स्नेहको मतदानवाट आफू विजयी हुने बताउंछन्। वडाको विकास–निर्माणको अलावा सामाजिक सुधार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफू कटिबद्ध भएर वडावासीको सेवा गर्न नै वडा अध्यक्षको उम्मेदवार बनेको न्यौपाने भन्छन्।

प्रकाशन मिति–२०७९ साल बैशाख १७ गते शनिवार ।