pm-residence-in-three-nepalese-big-politicians

काठमाडौ। पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्री बनेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक पल्ट पनि प्रधानमन्त्री निवास बालुवाटार फर्केर पनि पुगेका थिएन। बुधवार भने दाहाल तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको विशेष आग्रहमा पहिलो पल्ट पुगेका छन्।

नेपालका तीन बीग बी अर्थात दाहाल, ओली र देउवाको एकसाथ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट हुनु तथा उनीहरु वीचको भेटवार्ताले नयाँ निकास आउने अपेक्षा गरिएको छ।

तीन शक्तिशाली नेताहरुको बालुवाटार भेटवार्ताले अव सवै राजनीतिक दलहरु स्थानिय चुनावका लागि एक मत बन्ने बाताबरण मिलेको टिप्पणी प्रकाशमा आएको छ। लोकमान महाअभियोग पारित गर्ने गरी तीन दल सहमति भएको पनि समाचार स्रोतको दावी रहेको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक ११ गते विहीवार ।