Naradmuni-Rana-Wives

काठमाडौ। कैलाली क्षेत्र नंबर ५ बाट प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी आरजु राणा देउवालाई शानदार हराउने नेकपा एमालेका विजयी उम्मेदवार नागरदमुनी रानाका दुई श्रीमती रहेका छन्।

आरजु देउवालाई भारी मतान्तरमा हराएको लगतै विजयी जुलुसमा दुवै श्रीमतीलाई दायाँ–बायाँ राखेर कैलालीका जनतासंग गरेको कसम जसरी भएपनि पूरा गर्ने अर्को कसम खाएका छन्।

Araju Rana Deuba

श्रीमानले चुनाव जितेको बधाई दिन नारदमुनी रानाका श्रीमतीहरु मतदान अधिकृतको कार्यालय पुगेका थिए। दुईटी श्रीमती भएकाले कसले पहिले टिका र माला लगाउने भन्ने होडबाजी समेत भएको थियो। तथापि त्यो होडमा जेठी श्रीमतीले पहिले माला लगाईदिएकी थिईन्।

रानाले ४ हजार ८ सय ८० मतान्तरमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेका हुन् । वाम गठवन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरे भने कांग्रेस उम्मेदवार राणा देउवाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २४ गते आइतवार ।