KP Oli in Balkhuकाठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले शिरमा हात राखेर प्रधानमन्त्री भइस बेटा भनेर आशिर्वाद दिएर प्रधानमन्त्री बनाएको नभइकन संसदमा लोकतान्त्रिक विधिवाट प्रधानमन्त्री भएको हुँ भनेका छन्। नेकपा एमाले केन्द्रीय सचिवालयले जननेता मदन भण्डारीको २३ औ स्मृति दिवसको अवसरमा बल्खु मदननगरमा आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा भनेका हुन्।

ओलीले नेपालको संविधान पुर्नरलेखनको माग नेपाल विरुद्धको षडयन्त्र भएको दावी गर्दै त्यो कुनै हालतमा नहुने बताएका छन्। ओलीले आफ्नो नेतृत्वको सरकार नेपाली जनताको सरकार भएकोले जायज माग सुन्न र पूरा गर्नका लागि कुनैपनि प्रकारका आन्दोलन गरिरहनु जरुरी नपर्ने उल्लेख गरेका छन्।

ओलीले संयुक्त मोर्चा संघीय गठवन्धनको आन्दोलनको कुनै औचित्य नभएको बताउंदै मधेसका जनतालाई दुःख दिनु दिएको कारण त्यहाँवाट लखेटिएपछि काठमाडौमा आन्दोलन शुरु गरिएको आरोप लगाएका छन्।सरकारले आन्दोलनकारीलाई एक दुई दिन मात्र छुट दिन सक्ने र चुप लागेर बस्न सरकार नसक्ने समेत आन्दोलनकारीहरुलाई संकेत गरेर चेतावनी दिने कार्य पनि ओलीवाट भएको छ।
प्रकाशन मिति–२०७३ साल जेठ ३ गते सोमवार ।