काठमाडौं। प्रभातकालिन उदाउंदो सूर्यलाई अर्घ दिएपछि तराई–मधेशको महान पर्व छठ आइतबार सम्पन्न भएको छ।

झन्डै ३६ घण्टादेखि निराहार व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान पश्चात सूर्य कथा सुनेर अन्नजल ग्रहण गर्छन् ।गत बिहीबार नहाय–खायसँगै छठ पर्व शुरु भएको हो।

व्रतालुसँगै अन्य श्रद्धालुले पनि उदाउँदो सूर्यलाई नमस्कार गरी प्रसाद ग्रहण गरे। सुस्वास्थ्य, दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिन छठ मान्ने चलन रहेको छ।
तस्वीर–कविन्द्रमान शाक्य (फोटो मोडलिङ -अभिरुचि बुढाथोकी)
प्रकाशन मिति–२०७६ साल कात्तिक १७ गते आइतवार ।