Dr. Baburam Bhattaraiकाठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक रहेका माओवादी जनयुद्धको बेलाका अत्यन्त प्रभावशाली नेता डा. बाबुराम भट्टराईको शल्यक्रिया सफलतापूर्वक संपन्न भएको छ।

Dr. Baburam Bhattarai.3नेता डा.भट्टराईको ‘प्रोस्टेट’को शल्यक्रिया गरिएको हो। शुक्रबार साँझ डा.भट्टराईको शल्यक्रिया भक्तपुरको गठाघरस्थित नागरिक कम्युनिटी अस्पताल मा भएको हो। नेता डा.भट्टराई सात महिनादेखि ‘प्रोस्टेट’ समस्याबाट पीडित थिए।

डाक्टरको सल्लाह अनुसार शुक्रबार बिहान नौ बजे अस्पताल भर्ना भएका भट्टराईको साँझ ४ बजे शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। भट्टराईकी एकमात्र छोरी मनुसी यामी भट्टराईले सामाजिक सञ्जाल फेसवुक मार्फत नेता डा.भट्टराइएको डा.राकेश बर्माको टोलीले शल्यक्रिया गरेको खुलासा गरेकी छन्।

Dr. Baburam Bhattarai.2पिताको सफल शल्यक्रिया पश्चात मानुसीले सामाजिक सञ्जाल फेसबुक मार्फत् नै अस्पताल परिवारलाई धन्यवाद दिएकी छन्। नेता डा.भट्टराईलाई मिठो अनि न्यानो शव्दले बा भनेर संवोधन गरेकी छन्। मानुसीकी माँ हिसिला यमी पनि अस्पतालको तस्वीरमा निक्कै खुशी देखिएकी छन्।

Dr. Baburam Bhattarai.1प्रकाशन मिति–२०७४ साल साउन २० गते शुक्रबार ।