काठमाडौं। प्रभाव र प्रहारका संवन्धमा ख्यातिप्राप्त हांस्य अभिनेता हरिवंश आचार्यको तितो यथार्थपरक अनुभव रहेको छ। त्यो यथार्थपरक अनुभवलाई हांस्य अभिनेता आचार्यले आचार्यको अत्यन्त लोकप्रिय कृति चिना हराएको मान्छेको पेज नंबर २४१ र २४२ मा यसरी लेखेका छन्।

-हामीले धेरैओटा चलचित्रमा धेरैओटा भूमिका निभाएका छौं । सबै भूमिका जोड्ने हो भने सयओटा जति हुन आउँछन् होला । त्यसमध्ये केही भने आफैलाई पनि चित्तबुझ्दो लाग्छ
-बैडकिङ प्रवर्द्धन समितिले निर्माण गरेको लक्ष्मी टेलिचलचित्र टेलिभिजनबाट प्रसारण भयो । त्यसमा मैले बैङ्क ठग्ने ठगको भूमिका निभाएको छु । त्यसमा पैसाका लागि म सबैलाई ठग्छु । बैङ्क, समाज,स्वास्नी, छोराछोरी, सासूससुरा कसैलाई पनि बाँकी राख्तिनँ ।

-बैङ्कमा सुन जाँच्ने जाँचकीकी बोल्न नसक्ने छोरीलाई बिहे गर्छु र बाध्य बनाएर सुनको सट्टा पित्तल बैङ्कमा धितो राखेर पैसा झिक्छु अनि जाँचकी ससुरालाई नै फसाएर जेल पठाइदिन्छु । त्यही तोडमा सासू हृदयाघात भएर मर्छिन् । म बोल्न नसक्ने श्रीमतीलाई छोडेर बैङ्क म्यानेजरकी छोरीसँग बिहे गर्छ र बैङ्क म्यानेजरलाई पनि ठगेर आत्महत्या गर्न बाध्य बनाइदिन्छु ।

-ट्रक ड्राइभरु फिल्मको सुटिङ भइरहेको थियो । नायक शिव श्रेष्ठ र म गुह्येश्वरी मन्दिरको सिँढी चढ्दै थियौ । एउटी अधबैंसे महिलाले मलाई इँटाको टुक्राले हानिन् । मैले छलें । उनले फेरि दुङ्गाले हानिन् । शिव श्रेष्ठले मलाई बचाउँदै लगे । अरूले किन दुङ्गाले हिर्काएको भनेर सोध्दा उनले नेवारी भाषामा भनिन्–”थुक्क! यो कुलाङ्गारले बोल्न नसक्ने लाटी केटीलाई कस्तो दुःख देको ? त्यस्तो अन्याय पनि गर्नुहुन्छ ?”
-मैले पनि नेवारी भाषामै भनें–”फिलिम र नाटकमा त जस्तो पनि गर्नुपर्छ । म त्यस्तो मान्छे काँ छु र ?”
उनले रिसाउँदै भनिन्–”फिलिम भनेर हुन्छ र ? फिलिममा पनि त्यस्तो अन्याय गर्न पाइन्छ ?”
-त्यहाँबाट त अरूले जोगाएर लिएर गए तर मलाई धेरै समयसम्म नमज्जा लागिरह्यो । उनकी पनि एउटी छोरी बोल्न नसक्ने रहिछन् । उनले आफ्नी छोरीलाई लक्ष्मी टेलिचलचित्रकी लक्ष्मीसँग तुलना गरिछन् । त्यसपछि मलाई नकारात्मक भूमिका गर्न डर लाग्न थाल्यो ।

-तर पछि थाहा पाएँ, उनी गुह्येश्वरी मन्दिर परिसरमा फूल बेच्तिरहिछन् । चलचित्रमा नकारात्मक र सकारात्मक भूमिका नराखी कथालाई उत्कर्षमा लैजान सर्किँदैन। कसै न कसैले नकारात्मक भूमिका गर्नै पर्छ।
प्रकाशन मिति–२०७७ साल भाद्र ११ गते विहीवार ।