काठमाडौ। ललितपुरको हात्तीवनस्थित निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवको घरमा आइतवार सांझ शंकास्पद वस्तु विस्फोटन भएको छ।

अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ। विष्फोटबाट डा.यादवको घरको पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् ।

घटना कसले र किन गराइयो भन्ने कुरा खुल्न सकेको छैन्। यसवारेमा अनुसन्धान भैरहेको ललितपुर प्रहरीले भनेको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ९ गते आइतवार ।