काठमाडौं। कोरोनाको कहरमा नेपालमा आमाको निधन हुनु अनि सात समुद्रपार बेलायतवाट आमाको अन्तिम मुहार हेर्न आउन नेपालमा आउन नपाउनुको गंभीर पीडा। त्यो पीडाको यथार्थता प्रयोगात्मक नेपाली कथानक चलचित्र शुन्यमा देखिएको छ।

केवल नौ मिनेट मात्र लामो प्रयोगात्मक चलचित्र शुन्यमा एकमात्र कलाकार ध्रुब दत्तको अभिनय रहेको छ। एकैजना कलाकारवाट धेरै कुराको यथार्थता सर्टमुबी अर्थात छोटो चलचित्रवाटै दिन सकिन्छ भन्ने प्रयोगवादी निर्देशक सनमकुमार बैरागको यो पछिल्लो गजबको प्रयोग हो।

जसमा कोरोना कहरका कारण आमाको मृत्युको खवर आउनासाथ तुरुन्त नेपाल जान खोज्दा हवाइजहाज नपाउनु–चार्टर फ्लाइटमा जान पनि १५ दिन कुर्नुपर्ने जस्ता विवशता तथा नेपाल जानासाथ पनि क्वारेन्टाइनमा बस्नुपर्ने अनेक समस्या कोरोनाले निम्त्याइदिदा परदेशी छोराको परदेशमा कति धेरै मन रोएको छ भन्ने कुरा प्रयोगवादी चलचित्र शुन्यले देखाएको छ।

आशा, निराशा, खुशी तथा पीडा सवैको समिश्रण चलचित्र शुन्यमा देखिएको छ। एकै कलाकार ध्रुव दत्तको अभिनयको स्वभाविकताले चलचित्र शुन्यलाई सार्थकता दिएको छ। यसअर्थमा अभिनेता ध्रुव दत्तको अभिनयको निखारता तथा निर्देशक सनमकुमार बैरागको प्रयोग अत्यन्त सफल भएको छ।

ज्यादै मुटुछुने कथामा आधारित यो नेपाली सर्टमुबी हेरेपछि तपाईको पनि मन रसाउन सक्छ। भिजन संसारको गौरबमय प्रस्तुति भिजन संसार प्लस युट्युब च्यानलवाट यो प्रयोगात्मक चलचित्र शुन्यको रिलिज भएको छ।

भिजन संसारको प्रस्तुतिमा डीडी ईन्टरटेन्टमेन्टको साथ रहेको यस चलचित्रमा गोपी सापकोटाको कथा, सन्त कुमार राईको छाँयाङ्कन, सनम कुमार बैराग को सम्पादन तथा निर्देशन रहेको छ। निर्माता कृष्ण बहादुर लाम्गादे, सबटाईटल ज्ञानेन्द्र रावत, स्वराङ्कन शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले गरेकाछन् ।

प्रकाशन मिति–२०७७ साल भाद्र ३० गते मंगलवार ।