काठमाडौं। मध्य अमेरिकी मुलुक निकारागुवाकी महिलाले प्रशान्त महासागरको बीचमा बच्चा जन्माएकी छन्। अमेरिकी समाचार एजेन्सीका अनुसार, निकारागुवाकी ३७ वर्षीया जोसी पेउकर्ट नाम गरेकी ती महिलाले समुन्द्रको छालको बीचमा बच्चालाई जन्म दिएकी हुन्।

पेउकर्टले सामाजिक संजालमा आफ्नो प्रसुतिको भिडियो र तस्बीर सार्वजनिक गरेपछि हाल त्यो विश्वभर भाइरल भएको छ। पेउकर्टले आफूले समुन्द्रमा बच्चा जन्माएको विषयलाई ‘ फ्री वर्थ’ (निःशुल्क जन्म) भनेर नाम दिएकीछन्।

पेउकर्टले सो समयको भिडियो समाजिक सञ्जालमा गत फेब्रुअरी महिनामा सार्वजनिक गरेकी थिइन्। तर, भिडियो अहिले भाइरल भएको हो। पेउकर्ट यसअघि ४ बच्चाकी आमा बनिसकेकी छन्।

प्रकाशन मिति–२०७९ साल जेठ २० गते शुक्रवार ।