ललितपुर । हिन्दू परम्परा अनुसार कुनैपनि मठमन्दिर तथा देवालय परिसरमा रहेका कुनैपनि निर्माण तथा पूर्नरनिर्माण गर्दा क्षमा पूजा गर्ने धार्मिक प्रचलन रहेको छ। यस धार्मिक प्रचलन अनुसार ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित प्रसिद्ध मन्दिर महालक्ष्मीस्थानमा क्षमा पूजा भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले महालक्ष्मीस्थानमा क्षमा पूजा गरेका हुन। महालक्ष्मीस्थान प्रांगणमा रहेका प्राचिन तीन पाटीपौवाको पूर्नरनिर्माण शुभारम्भ गर्नका लागि महालक्ष्मीस्थान मन्दिरमा क्षमापूजा गरिएको जानकारी वडा अध्यक्ष श्रेष्ठले दिएका छन्।

ललितपुर महानगरपालिकाले विनियोजित नगद ४० लाख लगानीमा महालक्ष्मीस्थान प्रांगणमा रहेका तीन परम्परागत प्राचिन पाटीपौवाको पूर्नरनिर्माण हुनगैरहेको हो। वडा अध्यक्ष श्रेष्ठले पिक लगाएर तीनवटा पाटीपौवा पूर्नरनिर्माणको उदघोष गरेपछि कार्य शुभारम्भ भएको हो।

पुरातत्विक स्वरुपमा कुनै फेरबदल नगरिकन प्राचिनतामा बेजोडता प्रदान गरेर निर्माण कार्यमा तिब्रता दिने कार्य भैरहेको जानकारी पनि वडा अध्यक्ष श्रेष्ठले दिएका छन्। क्षमापूजामा महिला वडा सदस्य शोभादेवी प्रधान, वडा सदस्यहरु पूनम निरौला तथा अशोककुमार श्रेष्ठ लगायत स्थानीयको सहभागिता रहेको थियो।

प्रकाशन मिति–२०७९ साल साउन २० गते शुक्रवार ।