काठमाडौं। नेपाल प्रहरीका पूर्व प्रहरी तथा योग प्रशिक्षक सुन कुमार अवाल पूर्ववत मेकअप आर्टिष्टको कार्यमा फर्केका छन्। एक समय नेपाल प्रहरीको प्रहरी अनुरोध कार्यक्रममा मेकअप आर्टिष्ट बनेर हजारौ प्रहरी अफिसरहरुको अनुहार चम्काएका अवालले मेकअप आर्टमा निरन्तरता दिएका छन्।

पछिल्लो समय शिवालय मिडियाका लागि देवी पन्त घिमिरेव्दारा निर्मित गाजलीलाई आज हेरेर टोलाए बोलको गीतको म्युजिक भिडियोमा मेकअप आर्ट गर्ने कार्य अवालले गरेका हुन्। सुन्दरीजल, गोकर्ण, सामाखुसी लगायतका स्थानमा छायाँकन भएको उक्त गीतको भिडियो अत्यन्त सुन्दर बनेको दावी मेकअप आर्टिष्ट अवालको दावी रहेको छ।

राजेन्द्र घिमिरे सागरको शब्द रचना रहेको गीतमा स्वर तथा संगीत निश्चल घिमिरेको रहेको छ। बिजेश्वर तण्डुकारको संगीत संयोजन गरेका छन्। छायांकन रामकृष्ण चौलागांईले गरेका हुन् भने सम्पादन तथा निर्देशन दिपक घिमिरेको रहेको छ। निश्चल घिमिरे र शिरीष केसीको अभिनय रहेको छ। यस गीतको भिडियो चाँडै रिलिज हुने भएको छ। 

प्रकाशन मिति–२०७६ साल जेठ २८ गते मंगलवार ।