Nepal Police

काठमाडौ। यौन गत्तिविधि रोक्ने नेपाल प्रहरीको गौरबमय कार्यालयमा नै यौन गत्तिविधि हुंदा नेपाल प्रहरीको इमेजमा नै घात भएको छ। यस्तै घात हुने कार्य रौतहटको इलाका प्रहरी कार्यालयमा भएको छ। रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएपछि त्यसको खुलासा भएको हो।

रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएपछि त्यसको खुलासा भएको हो।
रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएपछि त्यसको खुलासा भएको हो।

प्रहरीनै स्वयम आफ्नो कार्यालयको कक्षमा यौनधन्दामा लागेको भन्दै स्थानीय आक्रोशित बनेका हुन । शुक्रबार ईलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले यौनधन्दामा संलग्न एक महिलालाई कार्यालयको कक्षमा नै शारिरीक सम्पर्क राख्दै गरेको अबस्थामा स्थानीयले रङ्गेहात पक्राउ गरेका थिए ।

ड्युटीमा रहेका प्रहरी जवान महतोले प्रहरीको बर्दीमानै गाउँकै एक महिलासंग शारिरीक सम्पर्क राखेपछि स्थानीयले कारबाहीको माग राख्दै राती २ घण्टा प्रहरी कार्यालय घेराउ गरेका थिए ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक यादब ढकालले प्रहरी जवान सहित ती महिलालाई हिरासतमा लिएर कारवाही गर्ने बचन दिएपछि आक्रोशित स्थानीय फर्केका थिए ।
प्रकाशन मिति–२०७४ साल असोज १४ गते शनिवार । विजया दशमी ।