–सुनकुमार अवाल
काठमाडौं। नेपाल प्रहरीमा उत्तमराज सुवेदीको बेग्लै पहिचान छ। लामो समयदेखि नेपाल प्रहरीमा सत्य सेवा सुरक्षणम् मूल नीति तथा नारालाई आत्मसात गरेर प्रहरी सेवामा लागेका सुवेदी प्रहरी नायब महानिरीक्षकवाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएको छ। 

अपराध अनुसन्धान तथा अपराध मनोविज्ञानका ज्ञाता समेत रहेका सुवेदी प्रहरी प्रधान कार्यालयवाट पदोन्नतिसंगै अपराध अनुसन्धान महाशाखा सीआईबीको प्रमुख पदमा बहाली भएका छन्। अपराधको क्षेत्रमा नयाँ नयाँ टेक्निक तथा अपराधीले गर्ने गरेका फरक शैलीलाई समेत पहिचान गरेर त्यसको निर्मूल पार्ने अवको दिनमा एक मात्र भिजन तथा मिसन सुवेदीले वोकेका छन्।

नेपाललाई अपराध मुक्त देशको पहिचान राख्न र राख्न लगाउन सक्रिय भूमिका निर्वाह गर्ने बचनबद्धता पनि सुवेदीले गरेका छन्। कुनैबेला नेपाल प्रहरीव्दारा संचालित टेलिभिजन कार्यक्रम प्रहरी अनुरोधका कार्यक्रम निर्देशक समेत रहेका सुवेदी स्कुले विद्यार्थीहरुको बालमनोविज्ञानमा दक्षता राख्ने प्रहरी अफिसर समेत हुन्।

प्रहरी र अपराधका विषयमा स्कुले पाठ्यक्रममा नै समावेश गरेर स्कुल लाइफवाट नै सचेत गराउन सकेमा नेपालमा अपराध तथा अपराधीको संख्यामा अत्यन्त कमी आउने तर्क पनि प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीको छ।

प्रकाशन मिति–२०७९ साल असार १८ गते शनिवार ।