काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भन्सार छलेर भित्र्याइएकोे घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन्। केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट आज आइतवार दिउँसो पक्राउ गरेको हो।

shyambahadur-khatri

विमानस्थलमा कार्यरत खत्रीलाई सुनकाण्डपछि प्रधान कार्यालयमा तानिएको थियो । सुनकाण्डमा पक्राउ परेकाको बयानका आधारमा तस्करीमा खत्रीकोे संलग्नता देखिएपछि खत्रीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

विमानस्थलको जाँच छलेर गौशाला पु¥याएको अवस्थामा ब्यूरोको टोलीले सो सुनसहित गत पुस २१ गते तीन जनालाई पक्राउ गरेको थियो। सुनसहित मोरङका दिलबन्धु थापा, जनकपुरका सन्तोष काफ्ले र बाँकेका गोपालबहादुर शाही पक्राउ परेका थिए।

अनुसन्धानकै क्रममा भन्सारका कर्मचारी श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई समेत यसअघि प्रहरीले पक्राउ गरिसकेको छ। नेपालको इतिहासमा प्रहरी प्रधान कार्यालयवाटै उच्च प्रहरी अधिकारीलाई सुन काण्डमा गिरफ्तार गरिएको यो पहिलो घटना मानिएको छ।
प्रकाशन मिति–२०७३ साल माघ २३ गते आइतवार ।