Jay Bahadur Chanda
Jay Bahadur Chanda

काठमाडौ। सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने सरकारको निर्णय बदर गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल सिन्हाको पूर्ण इजलासले सरकारको निर्णय मंगलवार बदर गरी ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उच्च अङ्क प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकबाट पुनः बढुवा गर्न आदेश दिएको छ।

रोलक्रमअनुसारको पहिलो नंबरमा रहेका प्रहरी नायब महानिरीक्षक नवराज सिल्वाललाई प्रहरी महानिरीक्षक बनाउनुपर्नेमा तेश्रो नंबरमा रहेका जयबहादुर चन्दलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछि अत्यन्त विवाद भएपछि सर्वोच्च अदालतमा रोलक्रमको पहिलो नंबरमा रहेका नवराज सिल्वालले सरकारको नियुक्ति विरुद्ध मुद्दा दायर गरेका थिए।
प्रकाशन मिति–२०७३ साल चैत्र ८ गते मंगलवार ।