काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिएको महामारी रोग कोरोनाभाइरसको डरैडरले दशलाख मानिसको ज्यान गैसकेको छ। डरै डरको त्रासमा वाँचेको जिन्दगीलाई कोरोनाको कहरले अझ भयानक वनाउने कार्य भैरहेको छ। कोरोनाको यो महामारीमा रोगीलाई निरोगी वनाउने पहिलो प्राकृतिक उपचार भन्नु नै डरलाई भगाउनु हो। डरको भरमा बाँच्नु हुंदैन । उचित आहार, विहार र विचारको सन्तुलन भएमा कुनैपनि प्रकारको रोगले संक्रमण नगर्ने दावी प्राकृतिक उपचारक लक्ष्मीनारायण सुवालको रहेको छ।

यो सन्तुलन मिलेपछि रोग प्रतिरोधात्मक शक्तिमा बृद्धि हुने र हम्मेसी कुनैपनि रोगले नछुने जिकिर पनि प्राकृतिक उपचारक सुवालको रहेको छ। जसवाट मान्छेको जीवन अत्यन्त सहज र सरस हुने गर्दछ। त्यो जीवनको आनन्द आफैमा हुन्छ। आफ्नो जिन्दगीवाट आफै रमाउन सक्नु नै जिन्दगीको उत्कृष्टता हो।

त्यो जिन्दगीको बेग्लै अनुभव जिन्दगीको अनुभव गर्न कुनै डाक्टरको शरणमा गएर महंगा–महंगा औषधिको सेवन गर्ने होइन । प्रकृतिमा नै रहेका घरभान्सामा नै रहेका प्राकृतिक वस्तुलाई उपभोग गर्न जान्न सिक्नु र सिक्नु पर्दछ। आफ्नो जिन्दगीको डाक्टर आफै बनेर अगाडि बढ्नुपर्ने राय प्राकृतिक उपचारक सुवालको भनाई रहेको छ।

कोरोनाको महामारीमा चिसोवाट बच्नु र बचाउनु अत्यन्त सहज र सरल उपाय हो भन्दै प्राकृतिक उपचारक सुवाल फ्रिजमा राखिएका कुनैपनि बस्तु खान नहुने, चिसो पदार्थहरु कोक, फेन्टा, स्प्राइड, मिरिण्डा, पेप्सी, वियर–रक्सी लगायत सेवन गर्न नहुने वताउंछन्। फलफूल पनि चिसो पदार्थमा पर्ने भएको कारण फलफूल पनि तातोपानीमा दश मिनेट जति डुवाएर राखेपछि मात्र खाने जानकारी पनि प्राकृतिक उपचारक सुवालले भनेका छन्।

माछा–मासुलाई बर्जित गरेर तीनभाग हरिया साग र एक भाग ब्राउन राइस खाने गरेमा धेरै नै राम्रो हुने सल्लाह पनि प्राकृतिक उपचारक सुवालको रहेको छ। अनि घरैकै घरभान्सामा हुने अदुवा, लसुन, बेसार, जिरा, दालचिनी, तेजपत्ता मिसाएर दिनको कम्तिमा दुईपल्ट भकभकी उमालेको पानी मनतातो वनाएर पिउने र साथमा एक दिन विराएर या प्रेसर र सुगरको रोगी हो भने, दैनिक रुपमा नै बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जो राखेर सेवन गर्दा अझ उत्तम हुने जानकारी पनि प्राकृतिक उपचारक सुवालले दिएका छन्।

गुर्जोले रुघा–खोकी, प्रेसर, सुगर लगायत रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने गर्दछ। यसले गर्दा कोरोनाको संक्रमण हुन दिदैन। त्यसको अलावा घरबारीमा त्यतिकै खेर गैरहेको अम्बाको पातलाई पनि बेसार, अदुवा, लसुन, जिरा, दालचिनी, तेजपत्ता मिसाएर भकभकी उमालेको तातोपानीलाई मनतातो गरेर पिउंदा पनि राम्रो हुने जानकारी पनि प्राकृतिक उपचारक सुवालले दिएका छन्।

अर्कोतर्फ उचित आहारको अलावा उचित विचार पनि जिन्दगीको लागि अत्यन्त महत्वपूर्ण कुरा हो। सकारात्मक सोच सदा राखेर अगाडि बढे्मा जिन्दगीलाई सहज वनाउन सकिने र अनावश्यक तनाब नलिने तथा कुनै कारणवशः तनाव भएमा पनि त्यसको समाधान हुन्छ भनेर सहज रुपमा लिने कार्य गर्नुपर्दछ। जसवाट हरेक तनाबको निर्मूल हुने गर्दछ र मन शान्ति हुने जानकारी पनि प्राकृतिक उपचारक सुवालले दिएका छन्।

मानिसमा निन्द्राको ज्यादै महत्व हुन्छ। निन्द्रा राम्रोसंग परेन भनेपनि अनेक रोगको शिकार हुने गर्दछ। राम्रो निन्द्रा पार्न औषधि होइन, सकारात्मक सोच राखेर मनलाई शान्त तथा हलुका भएमा त्यतिकै निन्द्रा लाग्ने प्राकृतिक उपचारक सुवालले भनेका छन्। सुवालका अनुसार, निन्द्रामा सपना देखिनु पर्दछ । आँखा बन्द भएपनि तर्कना हुनु हुंदैन। अझ सुत्दा मूर्दा निन्द्रा भएमा त्यो व्यक्ति अत्यन्त स्वस्थ हुने गर्दछ। क्षण–क्षणमा विउंझिरहने कुकुर निन्द्रा अस्वस्थकर निन्द्रा भएको कारण स्वस्थ निन्द्रा पाउन तर्कनालाई आउट गरेर सपनामा रम्ने कोशिश गर्नु पर्दछ।

त्यसको लागि मनलाई सदा सफा र सुन्दर तथा शान्तिमय वनाउनु पर्दछ भन्ने भनाई पनि सुवालको रहेको छ।  ७० बर्षको हाराहारीमा पुगिसकेका प्राकृतिक उपचारक सुवाल हट्टाकट्टा तथा निरोगी छन्। आँखामा चश्मा पनि लगाउनु परेको छैन्। त्यो सवैको पछाडि अरु कुनै कारण छ त–त्यो हो–उचित आहार, विहार र विचार नै हो। उचित आहार, विहार र विचारको प्रणेता प्रकृति प्रेमी समूह, निरोग–आनन्दधाममा आवद्धता भएपछि यो सवै भएको जिकिर सुवालको रहेको छ।

तपाईलाई औषधि होइन, प्रकृति भन्ने नाराका साथ अगाडि आएको प्रकृति प्रेमी समूह, निरोग–आनन्दधाम सातदोवाटो, ललितपुरको आजिवन सदस्य तथा संगठन विभाग प्रमुख भएर प्रकृतिसंग खेल्दै प्रकृतिका बरदान रुपी प्राकृतिक उत्पादनलाई उचित आहार, विहार तथा विचारमा बदलेपछि यो दुई बर्षयता औषधिको नाममा सिटामोल पनि खान नपरेको दावी सुवालको रहेको छ।

मान्छेलाई विरामी पार्ने भन्ने नै उचित आहार, विहार र विचार नभएर हो भन्ने निश्कर्ष निकाल्ने सुवालको लाइफ पहिला जस्तो जटिल छैन्। निक्कै सरल छ। शरीरको आवश्यकता अनुसारको प्राकृतिक उचित आहार अनि सोही अनुरुप विहार अर्थात व्यायाम अनि सकारात्मक विचारले तनाबपूर्ण जीवनलाई अत्यन्त आनन्दमय जिन्दगी बनाउन सुवालले सफलता प्राप्त गरेका छन्।

आफ्नो स्वास्थ्य आफ्नै हातमा रहेको बताउने सुवाल औषधिले स्वास्थ्य दिने भए, यस संसारमा एउटै मानिस पनि विरामी पर्ने थिएन। हतियारले शान्ति आउने भए संसार उहिल्यै शान्तिक्षेत्र भैसक्ने थियो। वाद–विवाद गरेर सत्य पत्ता लाग्ने भए संसारका सवै मानिस उहिल्यै ज्ञानी भैसक्ने थिए भन्छन्। त्यसैले समय छँदै जीवनलाई परिवर्तन गर्न आवश्यक भएको र त्यसको लागि एक भाग अन्न, एक भाग हरियो तरकारी र एक भाग सलाद फलफूल उचित आहारमा पर्याप्त पुग्ने सुवालको भनाई रहेको छ।

माछा–मासु, दूग्धजन्य पद्धार्थ, जाँड–रक्सी, मैदाजन्य पद्धार्थ, अण्डावाट बन्ने खानेकुरा खान नहुने सुवालको बुझाई रहेको छ। उचित विहारमा परिश्रम र आरामको सन्तुलन मिलाउनु पर्ने, सुत्ने र उठ्ने समयको निश्चित गर्नुपर्ने, कम्तिमा आठ घण्टा सुत्नुपर्ने, हप्तामा ५–६ दिन शरीरका सवै अंग र जोर्नी संचालन हुने व्यायाम गर्न आवश्यक भएको सुवालको ठहर रहेको छ।

उचित विचारमा कुनैपनि हालतमा नरिसाउने, वादविवाद नगर्ने, चिन्ता नगर्ने, निराश नहुने, बेइमानी नगर्ने, कुभलो नचिताउने, गुणको बदला मात्र होइन, बैगुणको बदला पनि गुणै तिर्ने, हरेकलाई प्रेम र सम्मान गर्ने विचारको विकास गर्नु हो भनेर सुवालले भनेका छन्। यति भएपछि जिन्दगी गुलाफको फूल जस्तो सुन्दर र हलुका हुने दावी सुवालको रहेको छ।

यति नियमपूर्क कार्य सवैले सवैको जिन्दगीमा गर्न र गराउन सकेमा रोगी भन्ने नै नहुने जिकिर प्राकृतिक उपचारक सुवालको रहेको छ। कोरोनाको महामारीमा यी विधि–विधानलाई नियमपूर्वक पालना गर्न र गराउन सकेमा कोरोनाको संक्रमणवाट कोही पनि विरामी नपर्ने तथा कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने धारणा पनि सुवालको रहेको छ।
(नामी साप्ताहिकवाट साभार)

प्रकाशन मिति–२०७७ साल कात्तिक २२ गते शनिवार ।