पोखरा । पश्चिम नेपालको रमणिय पर्यटकीय स्थल घान्द्रुक आफैमा रमाइलो अनि रमणिय स्थल हो। जहाँको प्राकृतिक छटाले सवैलाई मक्ख मात्र होइन, तीनछक्क नै पार्ने गरेको छ। यति धेरै रमाइलो अनि रमणिय स्थानमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ त्यो प्राकृतिक छटामा रमाएर त्यहाँको स्थानीय गुरुङ समुदायको पोशाकमा मज्जाले नाच्न पछि परेनन्।

समय तथा स्थान अनुसार आफूपनि रम्ने र अरुलाई पनि रमाउन लगाउने स्टार नै मानिएका वडा अध्यक्ष श्रेष्ठले स्थानीय घान्द्रुकबासीलाई पनि त्यसरी नाचेर तीनछक्क तथा अठार दंग पार्ने कार्य गरेका छन्। सेलिब्रेटी जनप्रतिनिधिमा हुनुपर्ने सवै गुण भएका वडा अध्यक्ष श्रेष्ठका साथमा वडा सदस्यहरु शोभादेवी प्रधान, अशोककुमार श्रेष्ठ, मञ्जु रिजाल सहित २४ जना ललितपुर महानगरपालिका वडा नंबर ५ को स्वास्थ्य कार्यन्वयन समितिको तीन दिने क्षमता विकास तथा अवलोकन भ्रमणका क्रममा घान्द्रुक पुगेका हुन।

त्यसक्रममा अन्नपूर्ण गाउंपालिकाको घान्द्रुक स्वास्थ्य चौकीको अवलोकन भ्रमण गर्ने कार्य पनि भ्रमण टोलीले गरेको छ। घान्द्रुक स्वास्थ्य चौकीले त्यहाँको विकटता बाबजुद पनि उल्लेखनीय कार्य गर्दैगरेको आफूले पाएको वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई जानकारी दिएका छन्। घान्द्रुक स्वास्थ्य चौकीले ललितपुर महानगरपालिका वडा नंबर ५ को स्वास्थ्य कार्यन्वयन समितिलाई स्वागत गर्दै त्यहाँको वस्तुस्थितिको वारेमा जानकारी दिनुको अलावा टोलीलाई सम्मान गर्ने कार्य पनि भएको थियो।

त्यसैगरेर, अवलोकन भ्रमण टोलीको तर्फवाट वडा अध्यक्ष श्रेष्ठले त्यहाँका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्ने कार्य भएको थियो । भ्रमण अत्यन्त सौहाद्र्धपूण तथा लाभदायक भएको अवलोकन भ्रमण टोलीले भनेको छ। त्यहाँको स्थानीय गुरुङ भेषभूषामा रमाएर सवैले फोटो खिचेर त्यसको प्रवद्र्धन गर्ने कार्य पनि भएको थियो । यसप्रकारको क्षमता विकास तथा अवलोकन भ्रमणले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र गराउनमा उल्लेखनीय भूमिका निर्वाह गरेको तथा अर्कोतर्फ एक अर्को पालिका वीचको भाइचारा तथा सदभावमा विकास भएको वडा अध्यक्ष श्रेष्ठको टिप्पणी रहेको छ।


प्रकाशन मिति–२०७८ साल फागुन २० गते शुक्रवार ।