काठमाडौ। नेपाली फिल्मकी अत्यन्त व्यस्त अभिनेत्री प्रियंका कार्कीका एक पछि धेरै फिल्महरु रिलिज भैरहेको छ। ती फिल्महरुको व्यापार छक्का–पञ्जा वाहेक प्रायको औसत हुने गरेको छ। तरपनि, प्रियंकाको दौडमा अरु खासै नायिका नभएको कारण एकताका रेखा थापा बिजी बनेजस्तै प्रियंका बिजी बनिरहेकी छन्।

त्यसमाथि, प्रियंकाको समकालिन प्रतिस्पर्धी अभिनेत्री निशा अधिकारी गर्भवती भएको कारण फिल्मी ब्रेकमा भएको अवस्थामा फिल्मी मैदानमा एक्लो जस्तो देखिएकी छन्। यसले गर्दा पनि यो बर्ष रिलिज भएका फिल्महरु उनको संख्यात्मक रुपमा बढी देखिएको विश्लेषकहरुको भनाई रहेको छ।

Chhakka Panja Director Deepa Shree with Actress Priyanka Karki

यसैक्रममा बलिउडकी अभिनेत्री ऐश्वर्या रायले आफ्नो पारिश्रमिक रेट ११ करोड कायम गरेको अवस्थामा प्रियंकाले पनि आफूलाई कसैले ११ करोड पारिश्रमिक दिएमा बर्षमा एउटा मात्र फिल्म खेल्ने घोषणा गरेकी छन्।

बलिउडका फिल्मको जस्तो नेपाली फिल्मको मार्केट नभएको अवस्थामा नेपाली कलाकारहरुले नचाहेर पनि धेरै फिल्म खेलिरहनु परेको बताएकी छन्।

न्यून पारिश्रमिकका कारण नै यस्तो गर्नु बाँध्यता भएको उनको ठहर रहेको छ। तरपनि, आफूले पाइरहेको पारिश्रमिक चित्तबुझ्दो नै भएको बताएकी छन्। आफ्नो पारिश्रमिक रेट भने खुलाउन चाहिनन्।


प्रकाशन मिति–२०७४ साल पुष २३ गते आइतवार ।