काठमाडौ। बलिउड तथा हलिउडका ख्यातिप्राप्त हट एण्ड सेक्सी अभिनेत्री प्रियंका चोपडाको विवाहको इन्गेजमेन्ट भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार अभिनेत्री चोपडाले आफूभन्दा ११ वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग शनिबार बिहान इन्गेजमेन्ट गरेकी हुन्।

पञ्जाबी संस्कृति अनुसार प्रियंकाको निकसंग मुम्बईस्थित घरमा इन्गेजमेन्ट भएको हो। इन्गेजमेन्टमा निकका बुवाको पनि उपस्थित रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। प्रियंका र निक गत मेदेखि प्रेमसम्बन्धमा रहेको पनि भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

सन् २००० की विश्व सुन्दरी चोपडाले ५० भन्दा बढी भारतीय फिल्महरुमा अभिनय गरिसकेकी छन्। उनले ुक्वान्टिकोु श्रृंखलाबाट हलिउडमा प्रवेश गरेकी हुन्। प्रियंकालाई अघिल्लो वर्ष फोर्ब्स म्यागजिनले विश्वको सय शक्तिशाली महिलाहरुको सूचीमा राखेको थियो।


प्रकाशन मिति–२०७५ साल भदौ ४ गते सोमवार ।