काठमाडौ। बलिउड अभिनेत्री प्रियंका चोपडा फेरि एकपटक एसियाकै सेक्सी नारी बन्न सफल बनेकी छन्। लण्डनबाट प्रकाशित हुने साप्ताहिक पत्रिका इस्टर्न आईले गरेको पछिल्लो सर्वेक्षणमा अभिनेत्री चोपडा एसियाकै सेक्सी नारीको उपाधि पाउन सफलता पाएकी हुन्।

Priyanka-Chopra-Hot-and-Wild

सन् २०१५ को ५० सेक्सी एसियन नारीको सूचीमा अभिनेत्री चोपडा एक नंबरमा देखिएको इस्टर्न आई पत्रिकाले जनाएको छ। तेश्रोपल्ट एसियाको सेक्सी नारी बन्न सफल अभिनेत्री चोपडाले यसलाई गौरबको विषय बताएकी छन्। चोपडाले आफूलाई यस स्थानमा पुर्याउन भोटिङ्ग गर्ने सवैलाई धन्यवाद दिएकी छन्। आगामी बर्षहरुमा पनि यस स्थानमा आफूलाई कायम गर्न हरदम कोशिश गर्ने पनि चोपडाले भनेकी छन्।

 

सर्वेक्षणमा बलिउडका चर्चित अभिनेत्रीहरुमा दीपिका पादुकोण चौथो नंबरमा रहेकी छन्। पाँचौ नंबरमा क्याट्रिना कैफ, सातौ नंबरमा करिना कपुर, नवौ नंवरमा सोनम कपुर र माधुरी दीक्षित ४४ औ नंबरमा परेकी छन्।

प्रकाशन मिति–२०७२ साल मंसिर २९ गते मंगलबार ।