Ratna park 4काठमाडौ। नेपालको राजधानी काठमाडौको मुटुमा रहेको रत्नपार्क प्राय भीडभाड हुने प्रमुख स्थानका रुपमा लिइने गरेको छ। त्यसमाथि रत्नपार्कमा रत्नपार्क हुनुको कारणले नै यस स्थानको नामांकरण नै रत्नपार्क बनेको हो। पंचायत कालमा व्यस्त शहर काठमाडौका बासिन्दा तहलिनको लागि तत्कालिन मुमाबडामहारानी रत्नको नाममा स्थापित रत्नपार्क यतिखेर विकृति र विसंगतिको अखडा बनेको छ।

Ratna park 5रत्नपार्क वरपर गाडीहरुको भीडभाड तथा फुटपाथे व्यापारीको आफ्नै खाले व्यापारलाई स्वभाविकता मानिएतापनि यौन व्यापारीहरुको बेग्लै खाले मोलमोलाईले लाजमर्दो बनाउने गरेको छ। केही समययता काठमाडौ महानगरपालिकाले रत्नपार्कलाई शुल्क लगाएर प्रवेश गराउने बाताबरण तय बनेयता रत्नपार्क उपवन प्रेमजोडीहरुको प्रेमपार्क बन्न थालेको पाइएको छ। प्रेमी–प्रेमीकाहरु निर्धक्क रमाएर प्रेमालाप गरिरहेको देखिने गरेको छ।

Ratna park 6

दिउंसै प्रेमालाप गर्न मस्त बनेका प्रेमका आशिकीहरु देख्नेहरु लजाउने पनि गरेको पाइएको छ। प्रेममय जोडीहरुको अंगालो देखि अधरपान जस्ता गतिविधिहरुले गर्दा रत्नपार्कलाई स्वच्छन्द प्रेमपार्क बन्न लागेको आभास मिल्न थालेको छ। स्वच्छन्दताको नाममा गरिने प्रेममय अश्लिल कृयाकलापमा रोक लगाउनु पर्ने आवाज बुलन्द हुन थालेको पाइएतापनि रत्नपार्कको जिम्मेवारी लिइरहेको काठमाडौ महानगरपालिका भने चुप बसेको देखिन्छ।

Ratna park 3तस्वीर सौजन्य–त्रिचन्द्र श्रेष्ठ प्रतीक्षा

प्रकाशन मिति–२०७३ साल साउन १८ गते मंगलवार ।