काठमाडौं। ऐतिहासिक नेपाली चलचित्र प्रेमपिण्डकी नायिका तथा सोही चलचित्रमा गहिरी खेतको शिरै हान्यो बर्षा यामको दौरौडीले बोलको गीतमा ऐतिहासिक नृत्य गरेर एकसमय व्यापक चर्चा पाएकी सनी रौनियार हराएको लामो समय भैसकेको छ।

त्यो लामो समयलाई चिर्न खुल्ला आकाश बोलको गीतमार्फत फेरि उनै नायिका सनी रौनियारको कमब्याँक भएको छ। बुनियाद गीतका गीतकार विजय शिवाकोटीको शव्द रचना तथा नेपाली संगीतका टल्किरहेका सांगीतिक मोति राजु सिंहको संगीतमा नायिका सनी रौनियारले खुल्ला आकाश बोलको गीत गाएर कमब्याँक बनेकी हुन। यस गीतको भिडियोमा नायिका रौनियारकै फिचरिङ रहेको छ।

करिब २४ वर्ष अगाडि नै ‘सनी’ नामक एल्बम ल्याइसकेकी सनी रौनियारको अभिनयमा भन्दा पहिलादेखि नै अभिनयमाभन्दा गायनमा लगाब रहेको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ल्याइएको सनी रौनियारको यो गीतमा नारीलाई बन्द पिंजडामा नथुन्न र खुल्ला छाडिदिन आग्रह रहेको छ। सनी रौनियारले ऐतिहासिक नेपाली चलचित्र ‘प्रेमपिण्ड’पछि ‘सडक’,‘सीता’, ‘दैवसंजोग’ नामक चार चलचित्रमा मात्र अभिनय गरेकी छन्।

प्रकाशन मिति–२०७६ साल फागुन ३० गते शुक्रवार ।