काठमाडौं। नेपाली समसामयिक गीत–संगीतको क्षेत्रमा सफलताको चुलीमा रहेका संगीतकार अर्जुन पोखरेलको गायिका दुर्गा खरेलसँग विवाह भएको छ। चुपचाप लामो समयदेखि प्रेममा रहेका संगीतकार पोखरेल र गायिका खरेलको शुक्रबार विवाह भएको हो।

परिवारका सदस्य र सीमित आफन्तको उपस्थितिमा पोखरेल र खरेलको मन्दिरमा विहे भएको हो। सांगितिक करियरमा मज्जाले सहकार्य गर्दै आएका संगीतकार पोखरेल र गायिका खरेलवीचको प्रेमिल संवन्ध कतिलाई थाहा नै थिएन।

चुपचाप मौन प्रेममा रमेका यी प्रेमिल जोडीले विवाह गरेपछि मात्र उनीहरुवीचको प्रेमिल संवन्धको खुलासा भएको हो। वैशाखमा नै विहे गर्ने तयारीमा भएपनि लकडाउनका कारण संभव नभएपछि विधिपूर्वक हिजोमात्र संभव भएको उनीहरु निकटवर्तीहरुको भनाइ छ।
प्रकाशन मिति–२०७७ साल असार २० गते शनिवार ।