काठमाडौं। गीतकार तथा साहित्यकार पबिन दाहालद्वारा लिखित ‘तराजुमा प्रेम’ नामक उपन्यासको सार्वजनिक भएको छ।

बुलबुल पब्लिकेशनद्वारा प्रकाशित उपन्यास वरिष्ठ साहित्यकार प्राध्यापक डा.कृष्णहरि बराल, लेखकका दाइ शान्तिराम दाहाल, उपन्यास सम्पादक भुवनहरि सिग्देल, समालोचक एवम् साहित्यकार महेश क्षितिज कार्की, समाजसेवी एवम् ख्यातिप्राप्त गायिका सबिना कार्की लगायतले संयुक्तरुपमा विमोचना गरेपछि सार्वजनिक भएको हो।

इलामदेखि राजधानी हुँदै भारत देखि अमेरिकासम्म बगेको उपन्यासले पछिल्लो समयका पुस्ताले गरिरहेको प्रेम र यथार्थको सन्देश दिने कोशिश गरेको पाइएको छ। साथमा, सामाजिक सञ्जालमा आफ्नो गोपनियताको ख्याल नगरेमा वा लापरवाही गरेमा त्यसले जीवनमै ठूलो घात गर्ने सन्देश पनि यो उपन्यासले बोकेको लेखकको दावी रहेको छ।

लेखक दाहालले झण्डै दुई वर्ष लगाएर लेखेको उपन्यासले साँचो प्रेम गर्दा अनगिन्ति व्यवधान आउने तर त्यसलाई सामना गर्न सके प्रेम अमंर रहने विषयलाई पनि प्राथमिकतामा राखेका छन्।
प्रकाशन मिति–२०७५ साल माघ १५ गते मंगलवार ।