Shubhechha Bindu Tuladharकाठमाडौ। नेपाल सरकारले प्रेस काउन्सिलको रिक्त सदस्यमा तीन जना पत्रकारलाई नियुक्त गरेको छ। शनिवार सूचना तथा संचार मन्त्रालय स्तरीय निर्णयवाट रिक्त सदस्य पदमा क्रियाशील महिला पत्रकार शुभेच्छा विन्दू तुलाधरलाई नियुक्त गरिएको छ।

लामो समय नेपाल समाचारपत्र दैनिकमा आवद्ध रहेर पत्रकारिता गरेकी तुलाधर पछिल्लो समय क्रियाशील महिला पत्रकार संघ हाँकिरहेकी छन्। उनी क्रियाशील महिला पत्रकार संघकी अध्यक्ष पनि हुन्।

त्यसैगरेर दुई नियुक्त अर्का पत्रकारमा नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला अध्यक्ष गोविन्द प्रसाद चौलागाई र मार्गदर्शन दैनिकका सम्पादक दीपक पाठक रहेका छन्। काउन्सिलको सदस्य पदमा नियुक्त भएका तीनैजना पत्रकारहरुको कार्यवधि ४ बर्ष तोकिएको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख १९ गते आइतवार ।