काठमाडौ। नेपाली पत्रकारहरुको मातृसंस्थाको रुपमा प्रेस काउन्सिल नेपाल भएको र काउन्सिल नेपाली पत्रकारहरुको कुरान, भागवत गीता तथा बाइबल सवै भएको जिकिर काउन्सिलकी सदस्य तथा ख्यातिप्राप्त पत्रकार शुभेच्छा विन्दू तुलाधरको रहेको छ।

तुलाधरले प्रेस काउन्सिल नेपाली पत्रकारहरुलाई सचेत गर्ने तथा मार्गनिर्देश गराउने संस्था भएको कारण आम नेपाली पत्रकारहरुले यसलाई मातृसंस्थाको रुपमा अंगिकार गर्नुपर्ने बताएकी छन्। प्रेस काउन्सिल नेपालको सभाभवनमा विहीवार आयोजिना पत्रकार आचार संहिता अभिमुखिकरण कार्यक्रममा काउन्सिलकी सदस्य तथा पत्रकार तुलाधरले उक्त धारणा व्यक्त गरेकी हुन्।

नेवाःपत्रकार राष्ट्रिय दबूको संयोजनमा भएको कार्यक्रमको नारा नै काउन्सिलसंग पत्रकार राखिएको खुलासा संयोजन दबूका महासचिव सुनिल महर्जनले बताएका छन्। काउन्सिलसंग पत्रकार पर–पर हुने नभइकन अझ धेरै नजिकिनु पर्ने भनाई महर्जनको रहेको छ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष ख्यातिप्राप्त पत्रकार किशोर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दुई दर्जन नेपाली पत्रकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा आयोजक प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचार संहिताका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।


प्रकाशन मिति–२०७५ साल भदौ ७ गते विहीवार ।