लण्डन । बेलायतमा नेपाली मूलका मास्टर सेफ सन्तोष साह टप फोरमा पुगेका छन्। बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके प्रोफेसनल्स २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली मूलका सन्तोष साह टप फोरमा पुग्न सफल भएका हुन् ।

बेलायतमा बसोबास गर्ने सेफ सन्तोष बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको फाईनलमा प्रवेश गर्न सफल भएका छन्। सन्तोषले मास्टर सेफको टप ६ प्रतिस्पर्धीमा सन्तोषले खरायोको मासु , डिजर्टको रुपमा कोदोको खीरसंगै आँपको कुल्फी र तराईमा प्रचलित लोप हुन लागेको आँपको ‘अमौरा’ बनाएका थिए।

लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने कार्य गर्दैआएका छन्। इण्डियन कुइजिनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा उनी नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् ।

अन्तिम चारमा पुगेका सन्तोषले प्लेटमै ’सूर्योदय’ पस्किएका थिए । जब बरफले मोलिएको, नाइट्रोजले बाफिएको, पाकेको आँपको गुदी र बोक्राको ढिक्को कोदोको खीरमा ओछ्याइयो तब प्लेटमै बन्यो ’सूर्योदय’।


प्रकाशन मिति–२०७७ साल पुस २ गते विहीवार ।