काठमाडौं। फरक तथा यथार्थवादीधारका गायक सलिलसुन्दर तुलाधरको गायनमा बेजोड देशभक्ति गीत सार्वजनिक भएको छ।

पप गीत ‘ड्याम ड्याम’, नेपाली चलचित्र ‘निर्जलाको भाले मोटर’ र चोखो माया चलचित्रको गीत ‘तिमी नै हौ’ गाएर चर्चित बनेका गायक तुलाधरको ‘यो प्यारो मेरो देश’ बोलको गीत युट्युबवाट सर्वव्यापी सार्वजनिक भएको हो।

देशको वर्तमान अवस्थालाई चित्रण गरेर तयार पारिएको यो गीत सन्देशमूलक तथा यथार्थपरक रहेको छ। गीतले जनचेतनाको अभावमा फैलिएको विकृति र विसंगतिलाई उजागर गरेको छ।

यो गीत युट्युबमा धेरै रुचाइएको छ। गत बुधबार सार्वजनिक भएको यो गीत हाल सम्म 38 हजार भन्दा बढीले हेरिसकेका छन्। यस गीतमा संगीत र रचना गायक आफैले गरेका छन्।

‘यो प्यारो मेरो’ गीतको अडियो रिलिज रेडियो उपत्यका र युगबाणी मिडिया नेटवर्कबाट शुक्रबार भएको थियो।
प्रकाशन मिति–२०७५ साल चैत्र ४ गते सोमवार ।