काठमाडौं। फरक क्षमता तथा फरक धारकी बेग्लै गायिका कमला श्रेष्ठको विलकुलै नयाँ गीत सार्वजनिक भएको छ। दुई हात र एक खुट्टा नभएतापनि असाधारण प्रतिभा प्रदर्शन गर्दैआएकी गायिका श्रेष्ठको गीत युट्युब मार्फत विश्वव्यापी सार्वजनिक भएको हो।

गायिका श्रेष्ठको गीतको बोल नै ‘मोहनी लाएको’ हो। जुन गीत अत्यन्त मोहक नै रहेको छ। गीतलाई ख्यातिप्राप्त संगीतकार न्ह्यू बज्राचार्यले संगीत भरेका छन्। गीत नेपालभाषाका जनकवि तथा अत्यन्त लोकप्रिय गीतकार दुर्गालाल श्रेष्ठको शब्द–रचना रहेको छ, भने गोपाल रसाइलीले म्युजिक एरेञ्ज गरेका हुन्।

गीतको भिडियोमा शिशिर भण्डारी र अमृता खनालले अभिनय गरेका छन् । सन्तोष खनालको निर्देशन बनेको भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन्।

प्रकाशन मिति–२०७५ साल कात्तिक १९ गते सोमवार ।