songrag-bimochan-3काठमाडौ। नेपाली आधुनिक गीत लेखनमा आफूलाई सधै फरक राख्न खोज्ने गीतकार रमेश सङ्गराग बराइलीको पहिलो गीति–एल्वम सार्वजनिक भएको छ। काठमाडौको सुकेधारा स्थित एशियन भिलेज पार्टी प्यालेसमा सोमवार आयोजित कार्यक्रममा बराईलीको सङ्गराग नामक एल्वम विमोचन भएको हो।

songrag-bimochan-1नेपाली चलचित्रका महान हस्ती चलचित्र लेखक–निदेशक तथा अभिनेता तुलसी घिमिरे तथा गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालले संयुक्त रुपमा गीतकार बराइलीकोको एल्वम सङ्गरागको विमोचन गरेका थिए। एक दशक यता व्यावसायिक रुपमा गीत लेख्न थालेका गीतकार बराइलीको यस अवधिमा हिट गीत मसँग लाएको माया नै हो। जुन गीतलाई प्रमोद खरेलले गाएका छन्।

खरेलको गायन रहेको यस गीतवाट निक्कै चर्चामा आएका गीतकार बराइलीले यस वीचमा धेरै गीत लेखेतापनि एल्वम निकालेका थिएन। यसअर्थमा गीतकार बराइलीको एल्वम सङ्गरागले बेग्लै माने राखेको विमोचन कार्यक्रममा अधिकाँशको भनाई रह्यो।

songrag-bimochan-2नाच्ने गीत भन्दा बाँच्ने गीत लेख्न बढी रुचाउने गीतकार बराइलीको एल्वम सङ्गरागमा बसन्त सापकोटा, प्रविन बराइली, सरोज पोखरेल, प्रकाश कटवाल, योगेश लुहूरुङ्ग, बीबी अनुरागी लगायतको संगीत रहेको छ। जसमा अञ्जु पन्त, प्रमोद खरेल, प्रताप दास, योगेश लाम्गादे, योगेश लुहुरुङ्ग र बिजुला बिकको गायन रहेको छ। फोर एस मिडियाले एल्वमलाई बजारमा ल्याइएको छ। सङ्गरागमा ६ वटा मनैछुने गीत समावेश गरिएको छ।
प्रकाशन मिति–२०७३ साल असोज १७ गते सोमवार ।