काठमाडौं। फरक सोच र फरक विचारकी धनी नायिका विमला केसीले आफ्नो जन्मदिनलाई फरक ढंगवाट मनाएकी छन्।

काठमाडौंको मनमैजुमा रहेको एकिकृत सिर्जनशील समाज नेपालको आवास गृहमा रहेका बालबालिकाहरुसंग जन्म दिन मनाउने कार्य नायिका केसीवाट भएको छ।

विहीवार जन्मदिनको अवसरमा त्यहाँ आवद्ध रहेका ४५ जना बालबालिकालाई आवश्यक कापी, कलम लगायतका स्टेशनरी सामाग्री वितरण गरेर फरक सोच र फरक विचारवाट जन्म दिन मनाउने कार्य नायिका केसीवाट भएको हो।

एकिकृत सिर्जनशील समाज नेपालमा व्दन्दपीडित, बिपन्न र अभिभावक नभएका ४५ जना विद्यार्थीहरु रहेका छन्। सानो सहयोग भएपनि विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भनेर स्टेशनरी सामान बितरण गरिएको नायिका केसीले भिजन संसार डटकमलाई बताएकी छन्।

प्रकाशन मिति–२०७५ साल असोज ११ गते विहीवार ।