Dont Break My Heart film

काठमाडौ। नयाँ नेपाली कथानक चलचित्र डन्ट ब्रेक माई हाट प्रदर्शनमा आउने भएको छ। गत बैशाख २५ गते प्रदर्शन मिति तय भएपनि बैशाख १२ मा गएको महाभूकम्पका कारण डन्ट ब्रेक माई हाट प्रदर्शनमा आउन सकिरहेको थिएन । निर्माणपक्षको अथक प्रयासपछि यही पुष ३ गतेबाट अलनेपाल एकसाथ रिलिज हुने पक्का भएको छ।

Dont Break My Heart film1

फाइट मास्टर कुमार श्रेष्ठको प्रस्तुति रहेको उक्त चलचित्रमा अनिल बुढाथोकी र डम्बर श्रेष्ठ निर्माता रहेको छ। फिल्म डन्ट ब्रक माई हाट त्रिकोणात्मक प्रेमकथामा आधारित एक्शन प्रधान चलचित्र हो। निर्देशन दिनेश पौडेलको रहेको छ। मोहन के.सी. कविसा श्रेष्ठ, ईशा गौतम, आकाश आचार्य, कल्पना पाण्डे लगायतका कलाकाहरुको अभिनय रहेको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर २९ गते मंगलबार ।