ललितपुर । घटना तथा दूर्घटनाको कारण शारीरिक रुपमा आउने उत्तार चढावलाई सहीरुपमा भौतिक चिकित्साको माध्यमवाट गरिने उपचार विधालाई फिजियोथेरापी भन्ने गरिन्छ । फिजियोथेरापीले मानव शरीरको कार्य, चालु एवम् क्षमतालाई उच्चतम बनाउने मदत गर्ने गर्दछ । यसले मानव शरीरको चाल र आवगमन बढाई जीवनको गुणस्तर बढाउने गरेको तर्क फिजियोथेरापिष्ट अनुपम भट्टराईको रहेको छ।

फिजियोथेरापीमा काठमाडौं विश्वविद्यालयवाट दीक्षित फिजियोथेरापिष्ट भट्टराईले मेडिसिटी तथा स्टार अस्पतालमा प्राक्टिस गरेयता ललितपुर स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरमा फिजियोथेरापिष्ट पदमा कार्यरत फिजियोथेरापिष्ट भट्टराईले कोही पनि फिजियोथेरापिष्ट डाक्टर होइन भनेर खुलासा गरेका छन्।

अझ, गाउंघर तथा समाजमा कही कतै फिजियोथेरापीको सामान्य तालिम लिएर फिजियोथेरापीको काम गर्नेहरुले आफूलाई डाक्टर भन्ने गरेकोमा फिजियोथेरापिष्ट भट्टराईले घोर आपति जनाएका छन्। डाक्टर बन्न त फिजियोथेरापी विषयमा पीएचडी नै गर्नुपर्ने जिकिर गरेका छन्।

आफू केवल फिजियोथेरापिष्ट मात्र भएको र डाक्टर नभएको उल्लेख गर्दै कोही फिजियोथेरापिष्टले डाक्टर भनेर उल्लेख गरेमा र लेखेमा मेडिकल काउन्सिलको नियमानुसार कारवाही हुनसक्ने प्रावधान रहेको पनि फिजियोथेरापिष्ट भट्टराईले भिजन संसार डटकमको गौरबमय प्रस्तुति भिजन संसार प्लससंगको कुराकानीमा बताएका छन्।

प्रकाशन मिति–२०७८ साल माघ ८ गते शनिवार ।