काठमाडौं। सानो उमेरमा प्रधानमन्त्री बनेर विश्वलाई चकित बनाउने कार्य फिनल्याण्डकी नव–निर्वाचित प्रधानमन्त्री साना मरिनवाट भएको छ। राजनीतिमा सानो उमेरमा महिला भएर पनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने उदाहरण फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएपछि विश्व चकित बनेको हो।

फिनल्याण्डका प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी साना मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्। पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्।

विश्व विख्यात समाचार माध्यम रोयटर्सका अनुसार साना मरिन विश्वकै कान्छी प्रधानमन्त्री हुन्। साना मरिन २७ वर्षकै उमेरमा फिनल्यान्डको औद्योगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन्।
प्रकाशन मिति–२०७६ साल मंसिर २३ गते सोमवार ।