philipins-earthquakeकाठमाडौ। फिलिपिन्सकोनाएको छ। उत्तरी क्षेत्रमा शनिवार शक्तिशाली भूकम्प गएको चीनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ।

फिलिपिन्सको स्थानिय समय अनुसार विहान ६ बजेर ५३ मिनेट जांदा ६.३ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्ष संस्थाले पुष्टि गरेको पनि सिन्ह्वाको समाचारमा उल्लेख रहेको छ।

फिलिपिन्सको यस भूकम्पमा परेर कुनै मानविय तथा भौतिक क्षति भएको समाचार प्राप्त भैनसकेको पनि सिन्ह्वाले भनेको छ। यसैगरी शनिवार नै रुवान्डामा पनि ४.८ रेक्टर स्केलको भूकम्प गएको भूगर्भ अनुसन्धान केन्द्रले जनाएको छ।
मितिप्रकाशन –२०७३ साल असोज ८ गते शनिवार ।