Philipins Earthquake

काठमाडौ। फिलिपिन्सको दक्षिणी मिन्दानाओ टापुको सुरिगाओ शहरमा शुक्रबार ६.७ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ भने १ सय जनाभन्दा बढी घाइते भएका छन्।

भूकम्पमा कारण भवनहरु भत्किएका छन् भने खानेपानी र विद्युत् सेवा अवरुद्ध भएको छ । सहरमा रहेको विमानस्थलको धावनमार्ग भत्किएकाले हवाई उडान स्थगित गरिएको छ।

भूकम्पको केन्द्रबिन्दू जमिनबाट १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ। भूकम्पपछि ९० भन्दा बढी पराकम्पनको धक्का महसुस गरिएको जनाइएको छ।
(अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा )

प्रकाशन मिति–२०७३ साल माघ २९ गते शनिवार ।