काठमाडौ। केही समयता काठमाडौ वरपर चोरी–डकैती जस्ता अपराधमा बृद्धि भएको छ। त्यो अपराधले विशेषत घर–गृहिणी महिला दिदीबहिनीहरुलाई आतंकित पार्ने गरेको छ।

घरमा कोही नभएको मौका पारेर या रातको समय पारेर घरको गोदामवाट लाखौ लाखको सामान डकैत शैलीमा चोरी गर्ने भएवाट महिला दिदीबहिनी अझ आतंकित बन्ने गरेको पाइएको छ। यस्तै आतंक काठमाडौको बल्खुस्थित कान्तिपुर कोलनीको एक घरमा दिनदहाडै चोरी–डकैती भएको छ।

Chori sketch 1

कोलनी स्थित कल्पना सेंढाईको घरमा रहेको गोदाममा चोर प्रवेश गरेर फिल्मी शैलीमा पत्याउनै नसक्ने गरेर दिन–दहाडै १५ लाख बराबरको सामान चोरी भएको छ। घरमा कोही नभएको बेला पारेर गोदाममा रहेको सामान दिउंसै आफ्नै गोदामवाट निकालेको सामान जस्तै निकालेर लगेको पाइएको छ।

घर–अगाडि नै गाडी ल्याएर त्यस गाडीमा सामान लोड गरेर थाहै नपाउने गरेर गोदामवाट अपत्यारिलो तरीकाले चोरले सामान चोरेर लगेको आफूलाई पछि मात्र थाहा पाएको कल्पना सेंढाईको भनाई रहेको छ। सेंढाईका अनुसार, प्रत्यक्षदर्शी स्थानीय छर–छिमेकले पनि घरैको मान्छेले जस्तो सामान निकाल्ने शैलीमा मज्जाले गाडीमा लोड गरेको कारण शंका–उपशंका गर्न नपाएको हो। यसलेगर्दा टोलमा १५ लाख बराबरको चोरी हुंदा पनि हो–हल्ला हुन नसकेको सेंढाईको दुःखेसो रहेको छ।

त्यसमाथि, गोदामको तालाबन्दी जस्ताको तस्तै भएकोले चोरीको बारेमा ढिला थाहा हुन पुगेको हो। स्थानीय प्रंत्यक्षदर्शीका अनुसार त्यसरी गाडीमा सामान चोरी गरेर चोरले साउन ५ गते लगेको थियो। गोदामको सामान आवश्यक भएपछि केही दिनअघि मात्र गोदाम खोल्दा केहीपनि सामान नहुंदा आफू छाँगावाट खसेजस्तो भएको सेंढाईले भनेकी छन्।

घर–कम्पाउण्डमा कुनैपनि प्रकारको सीसी क्यामेरा जडान नभएको कारण चोर पत्ता लाग्न सकेको छैन्। फिल्मी शैलीको यसप्रकारको चोरीले आतंकित बनेकी सेंढाईको कुलेश्वर–बल्खुरोडमा रहेको बल्खु आइएमइ सेन्टरमा पनि गत बर्ष डकैती भएको थियो।

सेंढाईको बल्खु आइएमइ सेन्टरमा दिउंसै फिल्मीशैलीमा डकैती गर्न आएका डाँकाहरुले आइएमइ सेन्टरमा रहेका कर्मचारीहरुलाई भाला–खुकुरी तेर्साएर नगद पाँच लाख लुटेर लगेका थिए। एकपछि अर्को आतंक आफूमाथि नै आइपर्दा यतिखेर सेंढाई निक्कै चिन्तित र आतंकित बनेकी छन्।
प्रकाशन मिति–२०७४ साल साउन १८ गते बुधवार ।